नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
