मंगलबार, २६ असार २०८०
दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा पनि लम्पी स्किन रोगको प्रकोप बढदै गएको छ। उक्त रोगको संक्रमण बढे पछि गाउँपालिकाले सतर्कताका लागि स्थानीयलाई आग्रह गरेको छ। लम्पीको प्रकोप बढेपछि मेलुङ् गाउँपालिका वडा नम्बर ३ मा पशुको व्यापार र ओसार पसारमा रोक लगाई सकिएको छ।

वडा नम्बर ३ का कार्य बाहक वडा अध्यक्ष कमल लकान्द्रीले वडामा लम्पी स्किनको प्रकोप व्यापक मात्रामा देखिएको बताएका छन। उनका अनुसार रोग नियन्त्रणमा नआएसम्मका लागि पशुहरुलाई व्यापार व्यवसाय, ओसार पसार तथा ढुवानी नगर्न सम्पूर्ण वडा बासीहरुलाई जानकारी निवेदन गर
का छन।

दोलखामा लम्पी स्किन रोगका कारण चार दर्जन बढि पशुको मरिसकेका छन्। हिमाली क्षेत्रका चौंरीगाईमा समेत लम्पी स्किन रोगको प्रकोप देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटले उक्त रोग नियन्त्रणका लागि भ्याक्सिन खरिद गरी सम्बन्धित स्थानीय तहमा पठाई सकिएको जानकारी प्राप्त भएको छ।।