सोमबार, २२ साउन २०८०, दोलखा । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीको कार्यालय अनुसार दुई जना बीच नेपाल र साउदी अरब बीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो।
