वेथितिविरुद्ध राप्रपाको खबरदारी, संघीयता खारेजको माग


कृष्ण बुढाथोकी

विहीबार, २८ भदौ २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गरेको विरोध सभामा सहभागी हुन गाउँ गाउँबाट आएका कार्यकर्ता देशमा बढेको भ्रष्टाचार र दण्डहिनताप्रति आक्रोशित देखिन्थे। मुलुकले धान्न नसक्ने संघीयताबाट मुलुकलाई मुक्ति दिनुपर्ने उनीहरुको मत छ।

विरोध सभामा सहभागी ८३ वर्षीय वृद्धले तानाशाही नुरंकुसले देश खायो भन्थे, अहिले देश नेताले विदेशीलाई दिन तत्पर भएको बताए। उनले यस्तै अवस्था रहि रहने हो भने अब जनताले खबरदारी नगरे यो देश विदेशीको हुन्छ र नेपालीलाई देशमा बस्ने अधिकार पनि नहुने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको देशव्यापी विरोध सभामा सहभागी ती वृद्धको देशप्रतिको बितृष्णा हो। गौ हत्या, संघीयता खारेज, राजसंस्थाको पुनस्थापनालगायत देशमा मौलाएको भ्रष्टाचार विरुद्धमा राप्रपाले देशभर गरेको विरोधसभामा हजारौं नरनारीले सहभागिता जनाए। सबै उमेर समूहका मानिसको सहभागिता रहेको विरोध सभामा देशभरबाट राजधानीको भृकुटीमण्डमा सहभागी हुँदा भीड थामि नसक्नु थियो।

सदनदेखि सडकसम्म विरोध निरन्तर हुने भन्दै माग पूरा नभएसम्म विरोध यथावत रहने नेतृत्वको भनाइ छ। हिन्दूत्वप्रति आक्रमणको प्रयास चारैतिरबाट भइरहेको छ सरकारको ध्यान आकर्षण गर्नको लागि र गौ हत्या गर्नेलाई कारवाही नभएसम्म आन्दोलन निरन्तर भइरहने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

एकपछि अर्को भ्रष्टाचारका प्रकरण, भ्रष्टाचारमा पार्टीका नेताहरुको संलग्नता र मुलुकमा बढ्दो दण्डहीनताबाट तल्लो तह प्रताडित थियो।

सभामा अधिकांश पाका उमेरका व्यक्ति भएपनि युवा र महिलाको जमात कम थिएन। टन्टलापुर घामको परवाह नगरी कतै नाचगान, त कतै नारा जुलुस गरी बेथिति विरुद्ध जनस्तरबाट लगाइएको खबरदारीको आवाज भने सुन्न जरुरी छ।

सम्बन्धित खबर