उपसभामुख राना : नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउनु पर्छ


कृष्ण बुढाथोकी

मंगलबार, २६ असार २०८०
दोलखा । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताएकी छिन। असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किए पछि मङ्गलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्।

गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउने गरिएको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरू ब्राण्डिङ गरी विश्व बजारमा पठाउनु पर्ने आवश्यकता देखिएको र त्यहाँको लोकल प्रोडक्टलाई बढी प्रात्सानका साथै अर्ग्यानिक चकलेटहरू बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्‍याएको देखियो, उनले भनिन्न। यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गरि विश्व बजारमा पुर्याउनु पर्ने बताएकी छिन।

उपसभामुख राना नेतृत्वको संसदीय भ्रमण टोली असार २५ गते राति स्वदेश फर्किएको थियो। भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र सङ्घीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए ।

सम्बन्धित खबर