२५ अंकले बढ्यो नेप्से


अनलाईन बुलेटिन संवाददाता

बुधबार नेप्से २५ अंकले बढेको छ।

मंगलबार सामान्य अंकले घटेको नेप्से सूचक बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो।

आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ।

आज फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक बाहेक ११ वटा उपसूचक बढेका छन्। हाइड्रोपावर समूहको उपसूचक ४.४१ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।

फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक भने आज क्रमशः १.९५ प्रतिशत र ०.८७ प्रतिशतले घटेका छन्।

आज शिभम् श्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

दर्जन भन्दा बढी कम्पनी सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ।

सम्बन्धित खबर