नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ।
अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने काम गरिरहेको छ। पहिरोको कारण त्यस राजमार्ग भएर गुड्ने सवारी साधन जाममा बसेका छन्।
