साताको अन्तिम कारोबार अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

यस दिन नेप्से १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ।

यस दिन २९६ वटा धितोपत्रको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको हो।