विहीबार, २८ असार २०८०
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपा कार्य योजना सार्वजनिक गरेको छ। आज बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन मार्फत पार्टीको नवीन कार्य योजना सार्वजनिक गरेका छन्। केन्द्रीय कार्य समितिको बैठक गत १, २, ३ मा संसोधन सहित पारित राजनीतिक कार्यपत्र तथा विभिन्न समयमा बसेको कार्य सम्पादन समिति र पदाधिकारीहरूको बैठकले तयार गरेको कार्ययोजना २०८० अन्तर्गत आगामी कार्यक्रम घोषणा गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

जसअनुसार राप्रपाले एक वर्षभित्र पार्टीको सदस्य संख्या २ लाख पुर्‍याउने लक्ष्य लिएको छ। पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाउने जनाइएको छ।

यस्तो छ राप्रपाको नवीन कार्ययोजना ः–

● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिनेछ।
● पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ।
● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।
● केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।
● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।
● यस अन्तर्गत राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउने।
● भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने
● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने।
● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ।
● यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश।।।।।
● तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन्।
● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने।
● राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाइएको छ।
● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएको छ।
● अबबाट विधुतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ ।
● एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याइनेछ।
● ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ।
● सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ।
● विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराइनेछ। मूलतः विश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ।
● जिम्मेवारीमा रहेका सबैका लागि १बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने।
● माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ।
● ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ।
● माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ।