रत्‍न तथा आभुषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक छ : मन्त्री रिजाल


अनलाईन बुलेटिन संवाददाता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रत्‍न तथा आभुषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक रहेको बताएका छन्।

शुक्रबार नेपाल रत्‍न तथा आभुषण संघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री रिजालले रत्‍न तथा आभुषण व्यवसायलाई प्रवर्द्धन गर्नको लागि सरकारले सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाए।

नेपाली समाजमा रत्‍न तथा पत्थर जडित सुनचाँदीका कलात्मक गरगहना बनाउने परम्परा रहि आएको बताउँदै मन्त्री रिजालले नेपालको विविध सांस्कृतिक पर्व, जातीय भेषभूषा र मठ मन्दिरमा यस्ता आभुषणको प्रयोग हुँदै आइरहेको जानकारी दिए।

यस्ता कलात्मक आभुषणको खरिद विक्रि विश्व बजारमा समेत हुने गरेको उल्लेख गर्नु हुदै मन्त्री रिजालले नेपालको कला, सँस्कृति र परम्परालाई विश्व सामु चिनाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निकासी अभिवृद्धि गरी राजश्वमा योगदान पुर्‍याउँदै आइरहेकोमा व्यवसायी तथा नेपाल रत्‍न तथा आभुषण संघ प्रति मन्त्री रिजालले धन्यवाद व्यक्त गरे।

सम्बन्धित खबर