यस्तो छ आजको विदेश मुद्राको विनिमय दर


अनलाईन बुलेटिन संवाददाता

अमेरिकी डलरको भाउ आज थोरै घटेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेश मुद्राको विनिमय दर अनुसार शुक्रवार एक अमेरिकी डलरको खरिद दर १३१.८२ रुपैयाँ रहेको छ।

आज एक अमेरिकी डलरको बिक्री दर १३२.४२ रुपैयाँ रहेको छ। बिहीबार एक अमेरिकी डदरको खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३२.६० रुपैयाँ थियो।

शुक्रवार युरोपियन युरोको भाउ बढेको छ। बिहीबार एक युरोको खरिद दर १४२.६५ र बिक्री दर १४३.२९ रहेकोमा आज एक युरोको खरिद दर १४३.०९ रुपैयाँ र बिक्री दर १४३.७४ रुपैयाँ तय भएको छ।

बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि आज बढेको छ। एक पाउन्ड स्टर्लिङको आज खरिद दर १६७.२४ रुपैयाँ तय हुँदा बिक्री दर १६८ रुपैयाँ रहेको छ। हिजो एक पाउन्ड स्टर्लिङको खरिद दर १६६.८७ रुपैयाँ र बिक्री दर १३७.६३ रुपैयाँ थियो।

सम्बन्धित खबर