आइतबार, ०३ भदौ २०८०, दोलखा । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
दुर्घटनामा परी मोटरसाइकल चालक महोत्तरीको जलेश्वर नगरपालिका १ का एजाज अन्सारी र सोही स्थानका अरन्जेव सिद्धिकी घाइते भएका हुन्। बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०२–००५ प १२५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गोलन्जोर गाउँपालिका– ५ सोला भञ्ज्याङस्थित बि।पी लोकमार्गमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते भएका उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको सिन्धुलीका प्रहरी निरीक्षक रबिन कुमार गुप्ताले जानकारी दिएका थिए। उनका अनुसार घाईतेहरुको अवस्था मध्यम छ।
