दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ।

सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागिमात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’ को आयातमा मात्रै ५ करोड २७ लाख १८ हजार रुपैयाँ बाहिरिएको छ।

त्यस्तै फेसक्रिम आयतमा ७८ करोड ५ लाख ८१ हजार रुपैयाँ विदेशिएको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड ९ लाख ८९ हजार रुपैयाँ मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ। यसबाट सरकारले २३ करोड ४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।