मङ्गलबार, ०८ साउन २०८१, काठमाडौँ । काठमाडौंको ठूलो भर्‍याङ स्थित यातायात कार्यालयमा सेवा ग्राहीको भिड लागेको देख्न सकिन्छ।

यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएप छि केही दिनदेखि सेवा बन्द गरेको थियो।

मंगलबार सर्भर सञ्चालनमा आएपछि यातायात कार्यालयमा भिड लागेको हो।

दुई दिनसम्म सर्भर डाउन हुँदा रोकिएको काम आजदेखि सुरू गरिएको छ।

सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको कार्यालयमा जमघट हुँदा भिड बढेको हो।

यातायात व्यवस्था कार्यालयको केन्द्रीय सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयका सेवा दुई दिनदेखि प्रभावित बनेको थियो।

सर्भर डाउन हुँदा बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिला लगायतका काम ठप्प भएको थियो।