२० श्रावण २०८०, शनिबार
दोलखा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत बीचको सम्बन्धलाई ईपिजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताएका छन।

भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुक बीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने जानकारी दिए। दुवै मुलुकका सरकारले तोकेका विज्ञहरुको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढंगले अघि बढाउनु पर्ने बताए।

अध्यक्ष ओलीले दुई मुलुक बीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदनले प्रेस्क्रिप्सनको काम गर्ने जानकारी दिए। आजको आवश्यक्ताको उचाईको आधारमा दुई मुलुक बीचको सम्बन्धलाई अघि बढाउन सुगौली सन्धी लगायत भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरु अध्यावधिक गर्दै अघि बढनुपर्ने बताएका छन।