सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेको छ।
आज नेप्से १.१९ प्रतिशतले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ पुगेको छ।
यस दिन २६५ वटा धितोपत्रको २ करोड ९ लाख ७९ हजार ९९७ कित्ता सेयर किनबेच भएको हो।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ।
