त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी टोकराज पाण्डेले पाएका छन्।
अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ। यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
