मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

लगातार पाँच कारोबार दिन घटेको सेयर बजार सोमबार भने ५.८४ अंकले बढेको थियो। तर, त्यो वृद्धि एकदिन पनि टिक्न सकेन।

मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ पुगेको छ।

यस दिन २६२ वटा धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको हो।