साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ।
बिहीबार नेप्से ३ अंकले बढेर २ हजार ८९.८४ बिन्दुमा बन्द भएको हो।
बिहीबार कारोबारमा आएका २ सय ६२ कम्पनीको ५१ लाख ३० हजार ५ सय २० कित्ता सेयर ४० हजार ७ सय ७४ पटक किनबेच हुँदा कूल १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
उक्त दिन कारोबारका आधारमा शिवम् सिमेन्टले अग्रता लिएको छ। कम्पनीको १ लाख ५२ हजार ७ सय ७ कित्ता सेयर १ हजार १ सय ९३ पटक कारोबार हुँदा ९ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको हो।
यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर १ हजार ७६ रुपैयाँ ९० पैसा कायम भएको छ।
साथै, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले घटेर ३ सय ६५ रुपैयाँ कायम भएको छ