काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
शुक्रबार अमेरिकी डलरको भाउमा वृद्धि भएको छ।
एक डलरको खरिद दर शुक्रवार १३२.०६ रुपैयाँ कायम हुँदा बिक्री दर १३२.६६ रुपैयाँ कायम भएको छ। बुधबार एक अमेरिकी डलरको खरिद दर १३१.३२ रुपैयाँ र बिक्री दर १३१.९२ रुपैयाँ थियो। बिहीबार भने यसको खरिद दर १३१.८४ रुपैयाँ र बिक्री दर १३२.४४ रुपैयाँ कायम भएको थियो।
यस्तै, युरोपियन युरोको विनिमय दर भने थोरै घटेको छ। बिहीवार एक युरो खरिद दर १४४.७५ रुपैयाँ र बिक्री दर १४५.४१ रुपैयाँ थियो। शुक्रवार यसको खरिद दर १४४.४१ रुपैयाँ र बिक्री दर १४५.०६ रुपैयाँ रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। शुक्रवार १ पाउण्ड खरिददर १६७.२३ र बिक्रीदर १६७.९९ रुपैयाँ कायम भएको छ। बिहीबार यसको खरिददर १६८.५६ र बिक्रीदर १६९.३२ रुपैयाँ पुगेको थियो।
