अदालतको फैसलापछि पाकिस्तानका पूर्बप्रधानमन्त्री ईमरान खान पक्राउ


कृष्ण बुढाथोकी

२० श्रावण २०८०, शनिबार
दोलखा । पाकिस्तानका पूर्बप्रधानमन्त्री ईमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

ईस्लामावादको जिल्ला तथा सत्र अदालतले दोषी ठहर गर्दै उनलाई तीन वर्षको जेल सजाय र एक लाख जरिवानाको फैसला सुनाएको हो। भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय सुनाइएको हो। न्यायाधीशले खानलाई तत्काल गिरफ्फार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ। पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतले सजाय सुनाएपछि खान पाँच वर्षका लागि निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन्।

सम्बन्धित खबर