कालीमाटीमा आइतबार गोलभेडाको भाउमा थोरै घटबढ भएको छ।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ।
शनिबारको तुलनामा नेपाली गोलभेडाको मूल्य थोरै घटेको हो। शनिबार प्रतिकिलो औसत् १७० रुपैयाँ पुगेको नेपाली गोलभेडा आज १६८.३३ रुपैयाँमा बिक्री भइरहेको छ।
यस्तै, लोकल सानो गोलभेडाको मूल्य बढ्दा टेनलको सानो गोलभेडाको मूल्य भने घटेको छ। आइतबार लोकल सानो गोलभेडाको मूल्य ७५ रुपैयाँ र टनेलको सानो गोलभेडाको मूल्य १०१.६७ रुपैयाँ कायम भएको छ।
शनिबार लोकल सानो गोलभेडाको थोक मूल्य प्रतिकिलो औसत् ८६.६७ रुपैंयाँ र टेलनको गोलभेडाको मूल्य ११४.६० रुपैयाँ थियो।
आइतबार हरियो धनियाको थोक मूल्य प्रतिकिलो ५२ रुपैयाँले घटेको छ। शनिवार प्रतिकिलो औसत् मूल्य १७५ रुपैयाँमा बिक्री भएको धनियाको मूल्य आज १२३.३३ रुपैयाँ कायम भएको छ।
कालीमाटीमा आज आँप र माछाको भाउ भने स्थिर रहेको छ। मालदह आँप प्रतिकिलो १९० रुपैयाँ र रहु ताजा माछा प्रतिकिलो ३१५ रुपैयाँ रहेको छ।
