१० लाख टन धान र १ लाख टन चामल आयात गर्ने सरकारको निर्णय


अनलाईन बुलेटिन संवाददाता

सरकारले तत्काल धान, चामल र चिनी आयात गर्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल , र र ५० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको हो।

उद्योग मन्त्री रमेश रिजालले मन्त्रिस्तरीय निर्णय गर्दै तत्काल उल्लेखित परिणामको धान, चामल र चिनी आयात सुचारु गर्ने तयरी गरेका हुन्।

भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामल अभाव हुन नदिन यो निर्णय गरिएको मन्त्री रिजालले बताए । भारतको प्रतिबन्धपछि तत्काल धान आयात गर्न सकिए नेपालमा चामलको अभाव नहुने व्यवसायीहरुले बताएका थिए । 

सम्बन्धित खबर