आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गर्ने मिती परिर्वतन गरेको छ।

कम्पनीले असार २० गतेदेखि मात्र सर्वसाधारणलाई आईपिओ गर्ने बताए पनि २१ गतेदेखि शेयर निष्काशन गर्ने जनाएकोमा प्राविधिक कारण देखाउदै आईपिओ निष्काशन मिति एक दिन पछि सारेको हो।

अब कम्पनीका लगानीकर्ताले असार २१ देखि असार २५ गतेसम्म आवेदन दिन सक्ने छन्। कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ।

 आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ। नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो।