नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ।

प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरले गत आर्थिक वर्ष २०७९-८० मा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको बताएका हुन्। यस्तै, पत्रकार सम्मेलनमा बोल्दै घिसिङले प्रधिकरणले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाएको पनि बताए। 

त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । उनले विद्युत प्राधिकरण ऐन २०४१ अनुसार आइपीओ जारी गर्न लागिएको बताए।