अमेरिकी डलर र युरोको भाउमा सामान्य घटबढ


अनलाईन बुलेटिन संवाददाता

बिहीबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै बढेको छ।

शुक्रबार १ अमेरिकी डलरको भाउ १३२.७४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बिहीबार १ डलरको भाउ १३२.४३ रुपैयाँ थियो। Tata GBIME युरोपियन युरोको मूल्यमा भने सामान्य गिरावट आजको छ।

बिहीबार एक युरोको मूल्य १४४.५९ रहेकोमा आज १४४.५० रुपैयाँ कायम भएको छ। बेलायती पाउन्डको भाउ भने बढेको छ। शुक्रबार १ पाउन्ड स्टर्लिङको १६९.३१ रुपैयाँ तय भएको छ।

बिहीबार भने पाउन्ड स्टर्लिङको मूल्य १६८.७० रुपैयाँ रहेको थियो।

सम्बन्धित खबर