२० श्रावण २०८०, शनिबार, दोलखा । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिँदै आएको शर्माको भनाई छ।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा आज शनिबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेक्रममा शर्माले आफूले अध्यक्षलाई असहयोग नगरेको प्रस्टीकरण आएको थियो।
अध्यक्षलाई आफूले सहयोग गरेको तर, गलत प्रचार गरेको उहाँको गुनासो थियो। शर्माले कुन मोडमा आफूले अध्यक्षलाई असहयोग गरे भन्दै प्रश्न समेत गरेका थिए।
यस्तै, शर्माले पार्टीका नेताको सम्पत्ति छानबिन गर्नु पर्ने प्रस्ताव अघि सारेका थिए। पार्टी नेताका सम्पत्ति छानबिन गर्नु पर्ने र त्यसका लागि आफू तयार रहेको जानकारी दिएका थिए।
आफूले कुनै गल्ती नगर्दा पनि आफूमाथि प्रश्न उठेको भन्दै शर्माले छानबीनका लागि मार्ग प्रशस्त गरेको स्पष्ट पारेका छन।
