सोमबार, ०८ असोज २०८०, दोलखा। मानव अधिकार शताब्दी व्यक्तित्व डा। गौरिशंकर लाल दासलाई भोलि अभिनन्दन गरिने भएको छ। नेपाली चिकित्सा सेवा, मानवाधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई महत्वपूर्ण योगदान दिएका दासलाई भोलि अभिनन्दन गर्न लागिएको हो।
दिव्य शताब्दी पुरुष डा.गौरिशंकर लाल दास जन्मशताब्दी वर्ष मुल समारोह समितिले मंगलबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा अभिनन्दन कार्यक्रम रहेको जनाएको छ। १९८१ साल असोज ९ गते सिरहा जिल्लामा जन्मिए दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै छन्।
