सोमबार, २२ साउन २०८०, दोलखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल करिब दुई साताका लागि विदेश यात्रा गरेका छन।
प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन।
स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका रहेको छ।
अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ।
