सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको छ।
असार ३१ देखि साउन १४ गतेसम्म निष्काशन गरिएको शेयार बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो।
क्यापिटलका अनुसार यस आईपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जना आवेदकहरु शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ।
आईपीओको नतिजा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओको नतिजा हेर्न तयार पारेकोको वेबसाइटबाट हेर्न सकिने छ।