बुधबार, २४ साउन २०८०, दोलखा । दोलखाको उत्तरी बिगु गाउँपालिकामा तिते माछा टिप्न आएका एक किशोरको पहिरोमा पुरिएर मृत्यु भएको छ।

तामाकोशी नदीमा तिते माछा टिप्न आएका बिगु गाउँपालिका–२ ओराङका १४ वर्षिय तिरिश तामाङको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। तिते माछा टिप्न गय राति तामाकोशी नदी पुगेका तामाङलाई मथिवाट खसेको पहिरोले पुरेको थियो भने उनीसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगएका छन्।
दोलखामा केही दिन यता बाढी पहिरोका कारण लगातार धनजनको क्षेति भईरहेको छ।

केही दिनअघि गौरीशंकर गाउँपालिका–७ मा गएको पहिरोका कारण दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता छन्।