रिलायवल नेपाल लाइफको आईपीओमा करिब ११ लाखको आवेदन


अनलाईन बुलेटिन संवाददाता

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडल निष्काशन गरेको आईपीओमा करिब ११ लाखको आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०६ बजेसम्ममा १० लाख ८२ हजार ३७९ आवेदकबाट ३ अर्ब ३५ करोड ६२ लाख ८१ हजार २२० रुपैयाँ बराबरको १ करोड ३० लाख ५९ हजार ४६० कित्ता शेयरको लागि आवेदन परेको हो।

यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.३६ गुणा बढी हुन आउँछ।

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको हो।

सम्बन्धित खबर