भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ।

यस्तै, ५% अर्थात ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ।

उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ।