मंगलबार, ३० साउन २०८०, दोलखा । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन.।

हिजो सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो। स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए।

स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो। स्थापितले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ।

हिजो सोमबार बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएका छन्।