मंगलबार नेप्से सूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ। सोमबार सामान्य अंकले घटेको सेयर बजार मंगलबार पनि ओरालो लागेको हो।
मंगलबार दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ।
इमर्जीङ नेपालको शेयरमूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सिक्लेस हाइड्रोपावरको ३.८५ प्रतिशत र सामुदायीक लघुवित्तको १.९९ प्रतिशतले घटेको छ।