शुक्रबार, ०१ भदौ २०८०, दोलखा । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ः१३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३ गते विहान ९ः५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।