१४ वाणिज्य बैंकले बढाए निक्षेप ब्याजदर


अनलाईन बुलेटिन संवाददाता

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घट्दा ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ। यस्तै १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन्।

सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई, कुमारी, सिटिजन, कृषि विकास बैंक, सानिमा नेपाल र एनआईसी एशिया बैंक रहेका छन्। यी बैंकहरुले भदौ महिनामा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन्। संस्थागततर्फ अधिकतममा ८.८९६ प्रतिशतका दर रहेको छ।

लक्ष्मी सनराइज बैंकको मुद्दति निक्षेपमा १०.४, संस्थागत तर्फ ७.९९, नबिल बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा १०.४९ र संस्थागततर्फ ८.४९, प्राइम बैंकको व्यक्तिगततर्फ १०.५ र संस्थागत तर्फ ८.५, एभरेष्ट बैंकको व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८, प्रभु बैंकको संस्थागततर्फ १० र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर रहेको छ।

साउनको तुलनामा भदौमा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्। एनएमबि बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९, संस्थागततर्फ ७.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत रहेको छ।

यस्तै हिमालयन बैंकको व्यक्तिगततर्फ ९.९९, संस्थागततर्फ ७.९९, सिद्धार्थ बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९, माछापुच्छ्रे बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.४९, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ तथा स्टयान्डर्ड चार्टर्ड बैंकको ब्याजदर व्यक्तिगततर्फ ८.९२ र संस्थागततर्फ ६.९२ प्रतिशत रहेको छ।

सम्बन्धित खबर