मंगलबार, ०५ भदौ २०८०, दोलखा । दोलखाका स्थानीय तहले संघ र प्रदेश सरकारबाट आएको ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फिर्ता गएको छ।
जिल्लाका ९ वटा स्थानीय तहका लागि गत आर्थिक वर्ष २०७९र८० मा संघ र प्रदेश सरकारबाट कुल ५ अर्ब ७३ करोड ५४ लाख ९१ हजार ७ सय २१ रुपैँया बजेट प्राप्त भएको थियो। त्यसमध्ये ५ अर्ब १७ करोड ३६ लाख १४ हजार २ सय ७ रुपैँया बजेट खर्च भएपनि बाँकी ५५ करोड ७८ लाख १७ हजार ५ सय ७ रुपैँया बजेट खर्च हुन नसकेपछि फ्रिज गएको हो। दोलखाको तामाकोशी गाउँपालिकामा संघ र प्रदेश सरकारबाट आएकोमध्ये सबैभन्दा बढी ८ करोड २० लाख ४६ हजार २ सय ९८ रुपैँया बजेट फ्रिज भएको छ। तामाकोशीमा गत आर्थिक वर्ष दुवै सरकारबाट गरी ६४ करोड ८२ लाख २१ हजार ८ सय ६८ रुपैँया बजेट आएकोमा ५६ करोड ६१ लाख ७५ हजार ५ सय ६९ रुपैँया मात्रै खर्च भएको हो।
यस्तै शैलुङ गाउँपालिकाले पनि ८ करोड ७ लाख ७६ हजार १ सय ८१ रुपैँया बजेट खर्च गर्न नसकि फ्रिज पठाएको छ। शैलुङमा गत आर्थिक वर्ष संघ र प्रदेश सरकारबाट ५८ करोड ८६ लाख ५८ हजार बजेट आएकोमा ५० करोड ३८ लाख ८१ हजार ८ सय १८ रुयैँया खर्च भएको थियो। जिल्लाको भीमेश्वर नगरपालिकाको ७ करोड ८५ लाख ८४ हजार ९ सय ४३ रुपैँया बजेट फ्रिज भएको छ। संघ र प्रदेश सरकारबाट गत आर्थिक वर्षमा नगरपालिकालाई ९३ करोड ६ लाख १४ हजार ३ सय १४ रुपैँया बजेट प्राप्त भएको थियो। त्यसमध्ये ८५ करोड २० लाख २९ हजार ३ सय ७० रुपैँया बजेट खर्च भएपनि बाँकी रकम खर्च हुन नसकेपछि नगरपालिकाले फ्रिज पठाएको हो।
दोलखाका स्थानीय तहले संघ र प्रदेश सरकारबाट आएको ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फिर्ता गएको छ। जिल्लाका ९ वटा स्थानीय तहका लागि गत आर्थिक वर्ष २०७९–८० मा संघ र प्रदेश सरकारबाट कुल ५ अर्ब ७३ करोड ५४ लाख ९१ हजार ७ सय २१ रुपैँया बजेट प्राप्त भएको थियो। त्यसमध्ये ५ अर्ब १७ करोड ३६ लाख १४ हजार २ सय ७ रुपैँया बजेट खर्च भएपनि बाँकी ५५ करोड ७८ लाख १७ हजार ५ सय ७ रुपैँया बजेट खर्च हुन नसकेपछि फ्रिज गएको हो। ढिलो गरी अख्तियारी आउनु, कतिपय योजनामा बजेट आएको थाहै नहुने समस्या, सुरुमा बजेट तोक्ने, त्यसपछि लागत अनुमान र ठेक्का प्रक्रियामा जाँदा थपिने समस्या, स्थानीय तहमा कर्मचारी कम हुनु लगायतका कारण स्थानीय तहको समपुरक, विशेष, सर्शत अनुदानमा आएको बजेट फ्रिज भएको हो।
यसैगरी जिरी नगरपालिकाले ३ करोड ९१ लाख ४० हजार ४ सय ७१ रुपैँया बजेट फ्रिज पठाएको छ। जिरीमा गत आर्थिक वर्षमा ५१ करोड ८१ लाख ५९ हजार बजेट प्राप्त भएकोमा ४७ करोड ९० लाख १८ हजार ५ सय २८ रुपैँया बजेट खर्च भएको थियो। आर्थिक वर्ष २०७९–८० मा कालिञ्चोक गाउँपालिकाको ६ करोड ७६ लाख ९२ हजार ९ सय ७८ रुपैँया बजेट फ्रिज भएको छ। कुल ७० करोड ९४ लाख ४४ हजार ६ सय ६७ रुपैँया बजेट प्राप्त गरेको कालिञ्चोकले गत आर्थिक वर्ष ६४ करोड १७ लाख ५१ हजार ६ सय ८८ रुपैँया बजेट खर्च गरेको थियो। गौरीशंकर गाउँपालिकाको पनि ५ करोड ७० लाख ३९ हजार ८ सय ७७ रुपैँया बजेट फ्रिज भएको छ। संघ र प्रदेश सरकारबाट गौरीशंकरमा कुल ५८ करोड २४ लाख २७ हजार ८ सय ७२ रुपैँया बजेट प्राप्त भएकोमा ५२ करोड ५३ लाख ८७ हजार ९ सय ९४ रुपैँया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष मेलुङ गाउँपालिकाको ७ करोड १ लाख ७५ हजार ४ सय २० रुपैँया बजेट फ्रिज भएको छ। मेलुङमा गत आर्थिक वर्ष संघ र प्रदेशबाट गरी कुल ५९ करोड १७ लाख २१ हजार बजेट प्राप्त भएको थियो। त्यसमध्ये ५२ करोड १५ लाख ४५ हजार ५ सय ७९ रुपैँया बजेट खर्च भएको थियो। यसैगरी विगु गाउँपालिकाले गत वर्ष संघ र प्रदेश सरकारबाट कुल ५५ करोड ४४ लाख ९१ हजार बजेट प्राप्त गरेकोमा ५२ करोड ६४ लाख १६ हजार ८ सय ७१ रुपैँया खर्च गरेको छ। विगुले गत वर्ष प्राप्त गरेको कुल बजेटमध्ये २ करोड ८० लाख ७४ हजार १ सय २९ रुपैँया बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको छ। वैतेश्वर गाउँपालिकाले गत आर्थिक वर्ष ५ करोड ४२ लाख ८७ हजार २ सय १० रुपैँया बजेट फ्रिज पठाएको छ। संघ र प्रदेशबाट कुल ६१ करोड १७ लाख ५४ हजार बजेट पाएको वैतेश्वरले ५५ करोड ७४ लाख ६६ हजार ७ सय ९० रुपैँया बजेट खर्च गरेको थियो।
स्थानीय सरकारले खर्च गर्न नसकेको बजेट संघ र प्रदेश सरकारकै खातामा फिर्ता गर्नु पर्ने व्यवस्था रहेको र सोही अनुसार फिर्ता भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक मुरारी निरौलाले जानकारी दिएका थिए। उनका अनुसार ढिलो गरी अख्तियारी आउनु, कतिपय योजनामा बजेट आएको थाहै नहुने समस्या, सुरुमा बजेट तोक्ने, त्यसपछि लागत अनुमान र ठेक्का प्रक्रियामा जाँदा थपिने समस्या, स्थानीय तहमा कर्मचारी कम हुनु लगायतका कारण स्थानीय तहको समपुरक, विशेष, सर्शत अनुदानमा आएको बजेट फ्रिज भएको हो।
