आइतबार, १४ असोज २०८०, दोलखा। पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका थिए।
सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए। उक्त घटनामा थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख उपरीक्षक मोहन थापाले बताए।
पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने थापाले बताए।
