
नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्सुरेन्स र अपर लोहरे हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले जेठ २३ गते दुवै कम्पनीलाई आइपीओ जारी गर्ने अनुमति दिएको हो।
आइएमई लाइफलाई प्रिमियममा आइपीओ जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो। इन्सुरेन्सले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ।
कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ।
त्यस्तै अपर लोहरे हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो। प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ।
