कालीमाटी बजार विकास समितिले सोमबारका लागि तरकारी, फलफूल र माछाको थोक मूल्य तय गरेको छ।
आइतबारको तुलनामा सोमबार ठूलो गोलभेडा (नेपाली) को थोक मूल्यमा २५ रुपैयाँ वृद्धि भएको छ। आइतबार ठूलो गोलभेडा (नेपाली) को प्रतिकिलो थोक मूल्य औसत १०५ रुपैयाँ थियो। सोमबार बढेर १३० रुपैयाँ पुगेको छ।
सोमबार लोकल सानो गोलभेडाको थोक मूल्य भने घटेको छ। आइतबार प्रतिकिलो ५५ रुपैयाँ रहेको लोकल सानो गोलभेडाको औसत मूल्य सोमबार ४६.६७ रुपैयाँ छ।
गोलभेडा सानो (टनेल) को मूल्य पनि बढेको छ। सोमबार यसको औसत मूल्य प्रतिकिलो ८९ रुपैयाँ छ। जुन आइतबार ७५ रुपैयाँ थियो।
रातो आलुको थोक मूल्य भने स्थिर। आज यसको औसत मूल्य प्रतिकिलो ४९ कायम छ।
यस्तै, कालीमाटीमा मालदह आँपको औसत थोक मूल्य प्रतिकिलो १९३.३३ रुपैयाँ तय भएको छ। त्यस्तै, दसहरीको १७० रुपैयाँ र चासो आँपको १९० रुपैयाँ औसत मूल्य छ।
सोमबार ताजा माछा (रहु) को औसत मूल्य प्रतिकिलो ३१० रुपैयाँ तय भएको छ। बचुवा ताजा माछाको औसत मूल्य २४६.६७ रुपैयाँ छ।
© २०८२, अनलाईन बुलेटिन