प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित


कृष्ण बुढाथोकी

मंगलबार, ०५ भदौ २०८०, दोलखा । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो।

बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो ।

सम्बन्धित खबर