सोमबार, २९ साउन २०८०, दोलखा । जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ।
साहको हिजो आइतबार नै शपथ हुने तयारी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्कन ढिला हुँदा सपथ सोमबारका लागि सरेको हो। राष्ट्रपति कार्यालयका अनुसार सोमबार बिहान १० बजेका लागि सपथको समयत तय भएको छ।
साहलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाइएको छ।