बाराही सेदी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले साढे ११ लाख कित्ता आइपीओ ल्याउन लागेको हो।
पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ।
कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।
त्यसका लागि अब बाराही सेदीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासन अनुमतिका लागि आवेदन दिने भएको छ।