नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ।

बुधबार बसेको नेप्सेको संचालक समितिको बैठकले नयाँ ब्रोकरहरूलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ।

तोकिएको मापदण्ड पुर्याएका सबै ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गर्ने निर्णय संचालक समितिले गरेको हो। नेप्सेको संचालक समितिले निर्णय गरेसंगे अब नेप्सेको व्यवस्थापनले नै मापदण्ड पुगेका सबैलाई ब्रोकरलाई सदस्यता प्रदान गर्ने बाटो खुलेको छ।

यस संगै अब नेप्सेबाट ब्रोकरहरुले सदस्यता लिन सक्ने छन्।