सन नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँड हुने


अनलाईन बुलेटिन संवाददाता

सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ।

विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आगामी आइतबार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधबार शेयर बाँडफाँड गर्ने तयारी भइरहेको छ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले सेयर हात पार्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ। आइपीओमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ।

मागभन्दा बढी आवेदन परेसँगै अब गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।कम्पनीको उक्त आइपीओमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका थिए।

जसमध्यै भाग्यमानी ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ। कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो।

सम्बन्धित खबर