पछिल्लो केही महिनायता कालोसूचीमा पर्ने सहकारी संस्थाको संख्या बढेको छ। साउनयता २५ वटा सहकारी संस्था कालोसूचीमा परेका छन्।
कर्जा सूचना केन्द्रका अनुसार ३५ दिनको अवधिमा २५ वटा संस्था कालोसूचीमा परेका हुन्। यीमध्ये केही सहकारी पहिलो पटक कालोसूचीमा परेका हुन् भने केही पटक-पटक परेका छन्। कालोसूचीमा धेरै नाम चलेका सहकारीसमेत परेका छन्।
विभिन्न व्यक्ति र संघ-संस्थाले दिएको उजुरीका आधारमा केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी, कृषि सहकारीलगायत छन्।
केन्द्रका अनुसार कालोसूचीमा पर्ने सहकारीमा डिलीबजार पिपलबोट सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ २ पटक कालोसूचीमा परेको छ। यस्तै शिखरदीप बहुद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्थाा, मेगा ड्रिम बहुद्देश्यीय सहकारी संस्थाऽ
शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लगायतका सहकारीहरू कालोसूचीमा परेका हुन्।