बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो


अनलाईन बुलेटिन संवाददाता

बागमती प्रदेशमा सार्वजनिक सवारीसाधनकाे भाडा बढेको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढेकाे सूचना जारी गरेकाे हाे।

नयाँ भाडा दर सार्वजनिक गर्दै मन्त्रालयले ट्याक्सीकाे समेत भाडादर बढाएकाे जानकारी दिएकाे छ। अब सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्मको यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि १५ किमीसम्म भाडादर १८ रुपैयाँ थियाे।

यसैगरी, १० किलोमिटरसम्म २६ रुपैयाँ कायम गरिएकाे छ जुन पहिले २४ रुपैयाँ रहेकाे थियाे। १५ किलोमिटरसम्मको २९ रूपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ। नयाँ भाडादर अनुसार २० किलोमिटरसम्म यातायात चढ्दा ३२ रूपैयाँबाट वृद्धि भएर ३५ रुपैयाँ ताेकिएकाे छ। यस्तै, २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट वृद्धि हुँदा ४० रुपैयाँ पुगेकाे छ।

ट्याक्सीकाे हकमा फ्याग डाउनको ५२ रुपैयाँ ताेकिएको छ। ट्याक्सि चढ्दा २०० मिटरकाे १० रुपैयाँ ३४ पैसा तिर्नुपर्नेछ। यसअघि १० रुपैयाँ ताेकिएकाे थियाे।

सम्बन्धित खबर