धरानमा डेंगी राेग फैलिएपछि २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगकाे संक्रमण व्यापक फैलिँदा १६ हजार भन्दा धेरै जना संक्रमित भएपछि निषेधाज्ञा जारी गरेको हो।
सुनसरीमा हालसम्म डेंगीका कारण १२ जनाकाे निधन भइसकेकाे छ। धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार जनामा संक्रमण फैलिएकाे छ।
भदाै २६ गते बसेकाे जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीकाे बैठकले धरान उपमहानगरपालिकामा डेङ्गी संक्रमण नियन्त्रण नभएसम्म जनस्वास्थ्य आपतकालिन अवस्था क्षेत्र घाेषणा गर्न सिफारिस गरेकाे छ।