सामाजिक सञ्जालको माध्यम ‘एक्स’ (पहिले ट्विटर)मा अब रोजगारीसँग सम्बन्धित विशेषता पनि हुने भएको छ। कम्पनीले हायरिङ फिचरका रुपमा यसलाई सुरु गरेको हो।

रोजगारीबारेको चर्चित प्लेटफर्म ‘लिंकडेन’मा जस्तै अब ‘एक्स’मा पनि रोजगारदाताले अवसर र रोजगारी खोजिरहेकाहरुले आवेदन दिन सक्ने विशेषता थपिएको हो। हाल कम्पनीले यसको प्रारम्भिक भर्जनलाई सार्वजनिक गरेको छ।

एक्सको यो नयाँ विशेषताको प्रयोग भेरिफाइड (प्रमाणिकरण) भएका कम्पनीहरुले गर्न पाउनेछन्।

भेरिफाइड कम्पनीहरुले यो सुविधाको प्रयोग गर्दै साइअप गर्न सक्नेछन्। हाल एक्समा भेरिफाइड हुनका लागि निश्चित रकम तिर्नुपर्ने हुन्छ। ‘भेरिफाइड अर्गनाइजेसन’को ट्यागका लागि कम्पनीहरुले प्रति महिना १ हजार अमेरिकी डलर तिर्नुपर्छ।